उद्धार र राहतमा प्रयोग हुने नेपाल एयरलाइन्स र सेनाको साधनका लागि निगमले इन्धन दिने
- कार्तिक १८, २०८०
- 0

नेपाल आयल निगमले राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धन बापतको रकम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय गरेको छ ।
निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यउपचार लगायत तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरेको छ ।
निगमले भनेको छ, ‘यस विपदको घडीमा भूकम्पप्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम नेपाल आयलनिगमले आफ्नो आर्थिक वर्ष २०८०–८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’
0 प्रतिक्रिया
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]
नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आइतबार गण्डकी आयुर्वेद […]
‘कृषि क्षेत्रको दिगो विकासका लागि सरकारको स्पष्ट नीति आवश्यक’

विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक […]
पहिलो सगरमाथा संवाद सम्पन्न, २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी

जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ […]
समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा […]