आजदेखि नयाँ नोट साट्न पाईने
- अशोज २९, २०८०
- 0

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रवन्ध गरेकोे हो ।
राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।
५, १०, २०, ५० र सय रुपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५ सयसम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।
उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
विज्ञापन संशोधन नगरे चरणवद्ध आन्दोलनको चेतावनी

राजर्षि जनक विश्वविद्यालय,जनकपुरधामले करार र दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी सम्बन्धित सूचना प्रकाशित गरेकोप्रति समाजवादी विद्यार्थी युनियन नेपालले आपति जनाएको […]
वसन्तपुरमा होलीको रौनक (तस्बिरहरु)

काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षको होलीमा […]
काठमाडौंमा नियमविपरीत चलाइएका सवारीसाधनहरु दिनभरि ‘होल्ड’मा

काठमाडौंमा नियमविपरीत चलाइएका एक सय ५० बढी सवारीसाधनलाई ‘होल्ड’ मा राखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार दिउँसोसम्म […]
मञ्चको यस वर्षको होली पवित्र सेवा समाजमा, ७१ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण (फोटोफिचर)

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल (पिफान) ले यस वर्षको होली पवित्र सेवा समाज नेपाललाई सहयोग गरि मनाएको छ । […]
मिथिला माध्यमिकी परिक्रमा : आज अन्तिम स्थल जनकपुरधाम पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (विहीवार) अन्तिम विश्रामस्थल जनकपुरधाम पुग्ने भएको छ । बुधबार भारतको विशौलमा रात्री […]