नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सिमित हुने विश्व बैंकको अनुमान
- अशोज १६, २०८०
- 0

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मै सिमित हुने अनुमान गरेको छ ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
जलविद्युत उत्पादनको निरन्तर विस्तारसंगै औद्योगिक क्षेत्रको वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ ।
त्यस्तै थोक तथा खुद्रा व्यापारले आयात प्रतिबन्ध हटाएर सेवा क्षेत्रको वृद्धिलाई बढावा दिने, पशुपन्छीमा लम्पी स्किन रोगको प्रभाव र धान उत्पादनमा आएको ह्रासका कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि सुस्त हुने अनुमान विश्व बैंकको छ ।
कमजोर वित्तीय कार्यसम्पादनका कारण सर्वजनिक ऋण बढेर कुल ग्रार्हस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
0 प्रतिक्रिया
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]
नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आइतबार गण्डकी आयुर्वेद […]
‘कृषि क्षेत्रको दिगो विकासका लागि सरकारको स्पष्ट नीति आवश्यक’

विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक […]
पहिलो सगरमाथा संवाद सम्पन्न, २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी

जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ […]
समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा […]