भोलिदेखि तातोपानी नाकामा सर्वसाधारणले आवतजावत गर्न पाउने
- भदौ १४, २०८०
- 0

चीनसँगको उत्तरी सीमा नाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो।
गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो।
प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।
0 प्रतिक्रिया
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]
नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आइतबार गण्डकी आयुर्वेद […]
‘कृषि क्षेत्रको दिगो विकासका लागि सरकारको स्पष्ट नीति आवश्यक’

विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक […]
पहिलो सगरमाथा संवाद सम्पन्न, २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी

जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ […]
समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा […]