सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्छ : अर्थमन्त्री महत
- साउन ११, २०८०
- 0

अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणको अनुसन्धानमा राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणमा मेसिनको वा व्यक्तिको संलग्नता हो भन्ने छानबिन समितिले अनुसन्धान गरिरहेको भन्दै यसमा राज्य र अर्थमन्त्रीको सम्पूर्ण सहयोग रहने बताएका हुन् ।
उनले भने,‘यो प्रकरणपछि केही कर्मचारीहरु निलम्बन भईसकेका छन् । मेसिनको कमजोरी हो कि व्यक्तिको संलग्नता हो कि अनुसन्धान भईरहेको छ । स्वतन्त्र रुपमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ । राज्यले सम्पूर्ण हिसाबले अनुसन्धान प्रक्रियामा सहयोग गर्छ र अर्थमन्त्रलालयले पूरा सहयोग गर्छ ।’
उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल अपग्रेड गर्नु पर्ने टिप्पणी गरे ।
उनले भने,‘अपराध गर्ने मनसाय भएका र तस्करी गर्ने व्यक्तिले नयाँ नयाँ प्रविधिको प्रयोग गर्छन त्यसैले हाम्रो प्रविधिलाई त्यहि अनुसार अपग्रेड गर्नुपर्छ ।’
राज्यका बिभिन्न जिम्मेवार निकायहरुबीच समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैरकानूनी गतिविधिहरु रोक्न सकिने उनको भनाइ छ ।
0 प्रतिक्रिया
पूर्वराजामाथि आक्रोश पोख्दै प्रचण्डले भने- ‘आफ्नै वंश मास्नेले फेरि धाक लगाउन मिल्छ ?’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताएका छन् । आज […]
सगरमाथा संवाद कार्यक्रमको तयारीमा सरकार, प्रधानमन्त्रीले दिए निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन […]
मौसम खुलेपछिको काठमाडौं (तस्वीरहरू)

विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव देखिएको थियो, तर आज मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ। […]
एमालेले बोलायो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत […]
एकीकृत समाजवादीले गर्यो सरकारविरुद्ध आन्दोलनको घोषणा

नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका […]