सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)
- साउन १, २०८०
- 0

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइका अनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैया घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रृवहाक सवारी साधनमा २.१३ प्रतिशत, मालवहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको उनले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले घटेको भाडादर आजदेखि नै लागू हुने भन्दै त्यसको अनुगमन यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको बताए ।
उनले भने, ‘घटाएको भाडादर आजदेखि नै लागू हुनेछ, त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ, पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजनको लागि उनले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।
0 प्रतिक्रिया
तीनकुनेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ । बिहान ४ः३० बजे […]
आज काठमाडौंका यी ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित […]
‘मौलिक संस्कृति नै नेपालीको जग हो’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई स्वागत गरेका […]
स्ववियु निर्वाचन : आज मध्यरातदेखि मौन अवधि

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजमौन अवधि शुरु हुँदैछ। मौन अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न […]
आजको मौसम : सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जानकारी गराएको छ […]