राष्ट्रिय वाणिज्य बैंकद्धारा ११ वटा शाखा विस्तार
- असार ३१, २०८०
- 0
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ ।
सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ्ग जिल्लास्थित शाखा कार्यालय बिराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर जिल्लास्थित शाखा कार्यालय ग्वार्को तथा मंगलबजार, सुर्खेत जिल्लास्थित शाखा कार्यालय छिन्चु, कालिकोट जिल्लास्थित शाखा कार्यालय रास्कोट, दैलेख जिल्लास्थित शाखा कार्यालय राकम कर्णाली र स्याङजा जिल्लास्थित शाखा कार्यालय वालिङ्ग को कारोबार शुभारम्भ गरिएको छ । यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर ९बिना चेक रकम झिक्न सकिने०, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।