आज श्री एयरलाइन्सको सबै उडान स्थगित
- असार १७, २०८०
- 0

श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ।
शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो।
यससँगै एयरलाइन्सले आइतबार सबै जहाज ग्राउन्डेड गरिएको जानकारी दिएको हो।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार सोमबारसम्म सबै प्राविधिक जाँच गरेपछि नियमित उडान हुनेछन्।
शनिबार काठमाडौंबाट धनगढीतर्फ उडान भरेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्किएको थियो।
काठमाडौंबाट ३ः३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियो।
0 प्रतिक्रिया
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार […]
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

‘जलस्रोत विधेयक २०८१’ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक […]
रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । आज काठमाडौं जिल्ला […]
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ । यसअघि पाँच […]