ईसेवाले पनि सुरु गर्यो एटीएम सेवा
- असार ७, २०८०
- 0

ईसेवामा भएको रकम अब सिधै एटीएमबाट निकाल्न सकिने भएको छ । बुधवारदेखि ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो ।
यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् ।
कम्पनीका अनुसार एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्ने व्यवस्था मिलाईएको इसेवाले जनाएको छ ।
यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो ।
0 प्रतिक्रिया
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार […]
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

‘जलस्रोत विधेयक २०८१’ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक […]
रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । आज काठमाडौं जिल्ला […]
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ । यसअघि पाँच […]