पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान : चिनियाँ जहाज सिचुवान एयरलाइन्सको सफल अवतरण
- असार ६, २०८०
- 0
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो । यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत छ ।
यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।
१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उदघाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।
0 प्रतिक्रिया
सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हामी सबैले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका छन् । मंगलबार […]
एनआरएनका माग सम्बोधनमा सरकारले अग्रसरता देखाएपनि यो अपुरो छ : यूएनडीओ
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)ले हालै मात्र सरकारले गैरआवासीय नेपालीलाई सम्वोधन गर्नेगरी गरेको निर्णय अपुरो भएको प्रतिक्रिया दिएको छ । […]
टुँडिखेलमा मगर समुदायको माघीको रौनक (फोटोफिचर)
आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। […]
सार्वजनिक सेवा प्रसारण समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् । मंगलबार […]
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि […]