ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक
- जेष्ठ २६, २०८०
- 0

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।
बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।
यो योजनाअन्र्तगत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउनेछन् ।
यो योजना सिमित अवधिको लागि लागू रहने बैंकले जनाएको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन एवम् राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
0 प्रतिक्रिया
दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् । संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले […]
देशभर स्ववियू चुनावको रौनक : राजनीतिक दलहरुको परीक्षा

मनिषा बस्नेत/ राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचनका कारण देशभरका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ । यही चैत ५ […]
नेपालीहरु झुटो धेरै बोल्न थाले, त्यसैले विदेशीले पत्याउन छाडिसके : मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने बताएका छन् । बागमती प्रदेश हस्तकला संघको […]
समाजवादी मोर्चाले भन्यो– ‘राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्यो’

समाजवादी मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ । शनिबार पत्रकार समाजवादी मोर्चा, […]
फ्लोरा एक्सपो २०८१ : थरिथरिका फूलहरूको सुन्दरता (फोटोफिचर)

काठमाडौंको भृकृटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६औं फ्लोरा एक्स्पो २०८१ मा विभिन्न प्रकारका रंगीन र मनमोहक फूलहरू प्रदर्शनीमा राखिएको छ। यो […]