कतिपय योजना वजेट वक्तव्यमा छुटेको अर्थमन्त्रीको प्रष्टिकरण, आर्थिक वृद्धिको लक्ष्य पुरा हुने दाबी
- जेष्ठ १६, २०८०
- 0
अर्थमन्त्री प्रकाशशरण महतले बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै उनले रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताए ।
उनले भने ‘कतिपय मान्यहरुले हाम्रो आयोजना त आउँदै आएन भन्नु भएको छ । हामीले जानी जानी हैन रातो कितावमा आएको छ । छुटेको छ । तर परेको छ । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको छ । ती मध्ये धेरै बजेटहरु बजेट वक्तव्यमा नाम लिन सकिएको छैन् । त्यो म पछि राख्ने छु ।’
उनले यो बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पुरा गर्ने दाबी गरे ।
‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पुरा गर्छ । पुर्वाधार विकासमा जोड दिएका छौं । पुँजीको सिमीतता अझैपनि चुनौतीपुर्ण छ । पर्यटनको क्षेत्रमा ठुलो सम्भावना छ । आफै हामीले पुर्वाधार विकास गर्न जरुरी छ’ उनले भने ।