ललितपुरको जावलाखेलमा जेठ १७ गतेदेखि ‘वृहत् जुत्ता-चप्पल व्यापार मेला’ संचालन हुँदै

news-details

ललितपुरको जावलाखेल खेल मैदानमा आगामी जेठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल ब्यापार मेला २०८० संचालन हुने भएको छ ।

नेपाली जुत्ताचप्पल उत्पादक समुहको आयोजनामा संचालन हुन लागेको उक्त मेलामा नेपालका चर्चित १० वटा ब्राण्डका जुत्ताहरु ४० वटा स्टलमा उपलब्ध हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एशोसियशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले नेपाली ब्राण्डलाई प्रोत्साहन गर्दै विश्व बजारमा चिनाउनका निमित्त मेला आयोजना गर्न लागेको जानकारी दिए । सधैजसो भृकुटीमण्डपमा प्रदर्शन हुँदै आएको उक्त मेला यसपाली भने पहिलो पटक जावलाखेलमा फरक तरिकाले संञ्चालन गर्न लागेको उनले बताए ।

त्यस्तै एशोसियशनका पूर्वअध्यक्ष होमनाथ उपाध्ययले भृकुटीमण्डपमा स्वदेशी जुत्ताको नाममा बाह्रै महिना स्वदेशी तथा विदेशी जुनसुकै जुत्ता बिक्री हुने भईरहकाले त्यसलाई चिर्नको लागि र फरक धारबाट पहिचान गराउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको जानकारी दिए । साथै उनले मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले भारी छुटका साथ गुणस्तरिय जुत्ताहरु मेलामा पाउन सकिने जानकारी दिए । एउटै छानामुनि ५ हजारभन्दा बढी मोडलका जुत्ताहरु एकदमै सस्तो मुल्यमा पाइने भएकाले धेरैभन्दा धेरै उपभोक्ताहरु मेला अवलोकनका लागि आउनेमा आफू आशावादी रहेको बताए ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त मेलामा २० देशि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ भने हरेक जुत्तामा ६ महिनाको ग्यारेन्टी र यदि जुत्ता बिग्रिएको भए एक हप्ताको समयावधिमा साटने सकिने व्यवस्था रहेको छ । मेलामा ५ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । मेला बिहान ९ बजे देखि वेलुकी ७ः०० बजेसम्म चल्ने आयोजकले जानकारी दिएका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *