सरकारी स्वामित्वका १९ संस्थान घाटामा, कमजोर सार्वजनिक संस्थान निजी क्षेत्रबाट सञ्‍चालन गरिने

news-details

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण अनुसार सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा संस्थान घाटामा रहेको जानकारी दिएका छन् ।

आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. महतले अधिकांश सार्वजनिक संस्थानहरूको उपलब्धि नदेखिएको बताउँदै त्यस्ता संस्थानहरूलाई निजीकरण वा सार्वजनिक गर्न आवश्यक रहेको बताए ।

‘सरकारी लगानी रहेका ४४ मध्ये २५ संस्थान नाफामा छ । सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ । नेपाल सरकारले ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ ।’

सोही अवसरमा अर्थमन्त्री डा.महतले सामाजिक संस्थाहरूलाई निजी क्षेत्रमा रूपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाहरूको कार्य प्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको बताए ।

यस्तै, चालु आर्थिक वर्षमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा महतले आर्थिक गतिविधिमा सुस्तता तथा आयस्रोत व्यवस्थापनमा दबाब सृजना भएकाले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने जानकारी संसदमा गराएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *