डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो, पेट्रोलको भने यथावत
- जेष्ठ २, २०८०
- 0

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०-१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ ।
मूल्य घटेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ भने पेट्रोलको मूल्य यथावत रहदा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ ।
0 प्रतिक्रिया
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार […]
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

‘जलस्रोत विधेयक २०८१’ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक […]
रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । आज काठमाडौं जिल्ला […]
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ । यसअघि पाँच […]