एनआरएनए युवा संयोजक वाशिदले स्वदेश भित्र्याए ‘बेलाको ब्राण्ड’

बेलायतको चर्चित ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा
news-details

बेलायती ब्राण्ड ‘बेलाको होम एप्लाईसेन्सको प्रोडक्टहरु’ नेपाली बजारमा आएको छ । आईकेबिएच ग्रुप प्रालीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जनाएको हो ।

बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु कतार र बेलायतपछि नेपाली बजारमा विस्तार गरिएको हो । कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

बेलाको ब्राण्डले आफनो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाएको छ । कम्पनीले आफ्ना उत्पादनहरु ग्राहकहरुको प्रमुख रोजाईमा पर्ने गरेको दावी गरेको छ । यस ब्राण्ड अन्तर्गत टेलिभिजन, फ्रिज, वाशिङ मेशिन, मिक्सचर, आइरन, राइस कुकर, ग्यास चुलोलगायतका विभिन्न २८ किसिमका घर तथा भान्छामा प्रयोग हुने उपकरण र विद्युतीय सामग्री लन्च गरेको हो।

आईकेबिएच ग्रुप प्रालीका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल वाशिदले आइतबार एक कार्यक्रमबीच बेलाको ब्राण्डका इलेक्ट्रिोनिक्स सामान तथा उपकरणहरु सार्वजनिक गरेका हुन । सो अवसरमा बेलाको ब्राण्डको ब्राण्ड एम्बासडरमा चर्चित नायक प्रदिप खडकालाई अनुवन्धन गरिएको पनि जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै वाशिदले बेलायती चर्चित ब्राण्को इलेक्ट्रोनिक्स सामान नेपाली उपभोक्तामाझ ल्याउन पाउदा आफुलाई खुसी लागेको बताए । उनले बेलाको ब्राण्डको अन्य कुनै पनि ब्राण्डका सामाग्रीहरुसँग प्रतिष्पर्धा नरहेको बताउदै गुणस्तरीय सामाग्री र उत्कृष्ट सेवाप्रवाहमा आफुहरु केन्द्रित रहने बताए ।

प्रमुख कार्यकारी निर्देशक वाशिदले हजारौ नेपाली वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिप्रेक्षमा स्वदेशमा केहि गर्ने उद्देश्यले बेलाको ब्राण्ड नेपालमा विस्तार गरेको बताए । ‘एउटा नेपाली युवाले आफ्नै गाँउको नामबाट विदेशी बजारमा सुरु गरेको ब्राण्डलाई विदेशी समूदायले अत्याधिक माया गरेपछि आफ्नै देशमा पनि भित्र्याएको हुँ, यसलाई अन्य मुलुकहरुमा पनि बिस्तार गर्ने तयारी गरिरहेको छु ।’

वाशिदले स्वदेशमा व्यवसायिकरुपमा मात्र नभएर स्वदेशमा केहि रोजगारी सिर्जना गरौ, अहिलेको संकटग्रस्थ अर्थतन्त्रमा केहि भएपनि टेवा पु¥याऔ र युवाहरुमा उद्यमशिलताप्रति प्रेरणा जगाऔ भन्ने उद्देश्यले बेलाको ब्राण्ड नेपाली बजारमा भित्र्याएको बताए ।

कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले गैरआवासीय नेपालीहरुलाई आफु बाहिर रहेपनि स्वदेशको धेरै माया रहेको र स्वदेशमा धेरैभन्दा धेरै लगानी भित्र्याउने इच्छा रहेको बताए । उनले यसका लागि वातावरण बनाउन र गैरआवासीय नेपालीले राख्दै आएका मागहरु सम्वोधन गर्न सरकारलाई आग्रह गरे ।

बेलाको ब्राण्डका प्रोडक्टलाई माया गरिदिन आग्रह गर्दै कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षित गरी बिभिन्न उपहार योजनाहरु पनि ल्याएको जनाएको छ । जस अन्र्तगत वेलाको ब्राण्डको एउटा प्रोडक्ट (विग होम अप्लाईन्सेस) किन्दा अर्को सित्तैमा पाईने छ । यो योजना जेठ मसान्त सम्म रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *