भकृटीमण्डपमा सुरु भयो ‘सिटिजन फुटवेयर बृहत जुत्ता चप्पल व्यापार मेला’

news-details

स्वदेशी उत्पादनका प्रख्यात ब्राण्डका जुत्ताचप्पलहरुले काठमाडौंको भकृटीमण्डपमा ‘ सिटिजन फुटवेयर वृहत जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ ।

वैशाख २६ गते मेला सुरु भएको हो । मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् ।

एउटै छानामुनी ग्राहकले आफ्नो रोजाई र आवश्यकता अनुसारको मूल्य तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर मेलामा मिल्ने नेपाल छाला तथा जुत्ता उत्पादक संघका पूर्व अध्यक्ष एवं एसबिआर सुजका सञ्चालक बासु रोकाले जानकारी दिए । जुत्ता चप्पल खरिदका लागि भृकुटमण्डपमा आयोजित जुत्ता चप्पल मेला आकर्षक गन्तव्य बन्ने उनले विश्वास व्यक्त गरे । यस अगाडि आयोजित मेला भन्दा अझै बढी आकर्षक छुटको व्यवस्था मेलामा उपलब्ध रहेको आयोजकहरुको भनाइ छ ।

सस्तोदेखि महंगोसम्मका सबै प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक राजेश विशुंखेले जानकारी दिएका छन् ।

पछिल्लो समय स्वदेशी उत्पादनका जुत्ताचप्पल नेपाली उपभोक्ताले मन पराउन थालेपछि भृकुटीमण्डपमा जुत्ता मेलाको क्रेज बढ्न थालेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *