कतारमा नेपाली उत्पादनको निर्यात प्रर्वद्धनका लागि जुट्दै व्यवसायी

नेपाल व्यवसायी संघ कतार र निर्यात व्यवसायी महासंघ नेपालबीच छलफल
news-details

नेपाली उत्पादनलाई खाडी मुलुक कतारमा निर्यात प्रर्वद्धनका लागि निर्यात व्यवसायी र कतारमा रहेका नेपाली व्यवसायीहरु जुटेका छन् । नेपाल व्यवसायी संघ कतार र निर्यात व्यवसायी महासंघ नेपालबीच कतार र नेपालबीच बहुपक्षिय व्यापार बृद्धिका लागि छलफल भएको छ ।

नेपाल व्यवसायी कतार संघका अध्यक्ष महेन्द्र चौलागाईको नेतृत्वमा नेपाल आएको टोलीसँग निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर प्रसाद पाण्डेसहितका पदाधिकारीहरुले आइतबार काठमाडौंमा अन्र्तक्रिया कार्यक्रम गर्दै कतारमा नेपाली उत्पादनको प्रर्वद्धन गर्ने सहमति जनाएका हुन् ।

आगामी अक्टुवर २०२३ मा कतारमा आयोजना हुन गैरहेको ‘अन्तराष्ट्रिय कतार एक्स्पो’मा कतारस्थित नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयमार्फत नेपालको सहभागिताका लागि निर्यात व्यवसायी महासंघ र नेपाल व्यवसायी संघ कतारले पहल गर्ने विषयमा छलफल भएको थियो । छलफलमा ६ महिनासम्म संचालन हुने उक्त मेलाले नेपाली वस्तुहरुको निर्यातमा ठूलो भूमिका खेल्ने ठहरसहित नीजि क्षेत्रको संयोजकत्वमा मेलामा सहभागिता जनाउने गरी परराष्ट्र मन्त्रालयमा पहल गर्नुपर्ने अध्यक्ष महेन्द्र चौलागाईले बताएका छन् ।

छलफलमा संघका महासचिव रमेश भट्ट लगायत ७ सदस्यीय प्रतिनीधिमण्डल र निर्यात व्यवसायी महासंघ नेपालकातर्फबाट अध्यक्ष शंकर प्रसाद पाण्डे, उपाध्यक्षहरु गोविन्द घिमिरे, दुर्गाविक्रम थापा, शान्ता बास्कोटा, महासचिव देवआनन्द सरावगी, सचिव रेखा अर्यालको सहभागिता रहेको थियो ।

कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकर प्रसाद पाण्डेले नेपालको निर्यात व्यापारलाई कतारमा स्थापित गराउन र आगामी दिनमा दुवै संस्थाको सहकार्यमा कतारमा नेपालका मौलिक वस्तुहरुको बजार प्रर्वद्धन गर्ने वातावरणका लागि नेपाल व्यवसायी संघ कतारलाई आग्रह गरे ।

नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले कतारमा नेपाली वस्तुहरुको बजार विस्तार गर्न आफू लागि पर्ने बताए । उनले गत मार्चमा भएको एग्रो एक्स्पोमा निर्यात व्यवसायी महासंघको सहभागिताले आफुहरुलाई नेपाली वस्तुहरुका बारेमा बुझने मौका मिलेको र मेलामा नेपाली वस्तुको पहिचान दिन संघले आवश्यक सहयोग पु¥याएको पनि चर्चा गरे ।

कतारमा नेपालीहरुको उल्लेख्य वसोवास भएकोले नेपाली वस्तुहरु, खाद्य सामाग्रीहरु, चिया, कफी, अदुवा, मसला, पश्मिना, गलैचा, पानी, अर्गानिक तरकारीलगायतको बजार राम्रो रहेकाले यी सामाग्री निर्यातका लागि प्रशस्त सम्भावना रहेको संघका अध्यक्ष चौलागाईले बताए ।
अध्यक्ष चौलागाईले कतारमा रहेका नेपालीहरुले नेपाली वस्तुहरु प्रयोग गर्ने भएकाले नेपाली उद्योगी व्यावसासीहरुले सो अवसरलाई गुमाउन नहुने बताए । ढुवानी भाडा सुपथ बनाउनका लागि नेपाल एयरलाइन्सबाट सहुलियत दरमा सामान बोक्ने व्यवस्थाका लागि नेपाल सरकारलाई आग्रह गर्नुपर्ने सुझाव महासचिव रमेश भट्टको थियो ।

अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुबीच नेपाली सामाग्रीको निर्यातका लागि कतारको नियम र बजारका विषयमा विषयमा अनुभव आदान प्रदान भएको थियो । निर्यात व्यवसायी महासंघका महासचिव देवआनन्द सरावगीले संचालन गरेको कार्यक्रममा गत मार्चमा भएको कतार एग्रो एक्स्पो–२०२३ को उपलब्धी, दुवै संस्थाले नेपाल र कतारबीच निर्यात प्रर्वद्धनमा गर्न सक्ने योगदान र आगामी दिनमा हुनसक्ने सहकार्यको एजेण्डामा छलफल भएको थियो ।

कतारमा नेपाली सामाग्रीको निर्यात प्रर्वद्धन गर्ने उद्देश्यसहित गत मार्च १९ मा निर्यात व्यवसायी महासंघ नेपाल र नेपाल व्यवसायी संघ कतारबीच वहुपक्षिय सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । त्यसयता महासंघ र संघबीच निर्यात प्रर्वद्धनका लागि नियमित छलफल हुँदै आइरहेको छ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *