निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
- चैत्र २०, २०७९
- 0

नेपाल आयल निगमले पेट्रोल‚ डिजेललगायत इन्धनको भाउ घटाएको छ भने खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ।
भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको केही दिनपछि निगमले इन्धनको भाउ घटाउने निर्णय गरेको हो।
निगमले प्रतिलिटर डिजेल‚ मट्टितेल र हवाई इन्धनमा १० रूपैयाँ र पेट्रोलमा ३ रूपैयाँ भाउ घटाएको छ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ प्रतिलिटर १० रूपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर ३ रूपैयाँले घटाउने निर्णय गरेको हो।
भाउ घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रूपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रूपैयाँ कायम भएको छ।
0 प्रतिक्रिया
वैदेशिक रोजगार व्यवसायीले वार्षिक सय जना कामदार पठाउनै पर्ने व्यवस्था हट्यो

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले […]
एनआरएनए एकतामा रेग्मी : कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) उपाध्यक्ष राज रेग्मीले एनआरएनए एकता नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका […]
सुदुरपश्चीमका मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भारत भ्रमणमा गएका छन् । मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका […]
शिक्षकको विषयमा सरकार गैरजिम्मेवार बनेको भन्दै संसदमा प्रतिपक्ष दलको विरोध

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले विरोध जनाएको छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् […]
माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक […]