भृकुटीमण्डप जुत्ता मेलामा पूर्वप्रधानमन्त्री ओली पुगेपछि बढ्न थाल्यो आकर्षण

news-details

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गरेपछि उपभोत्ताको आकर्षण बढ्न थालेको छ ।

मेलास्थलमा गत शुक्रबार पुर्वप्रधानमन्त्री ओली र नेपाली काँग्रेसका महामन्त्री गगन थापा पुगेर मेलाको अवलोकन तथा आयाजकलाई प्रोत्साहन दिएपछि उपभोक्ताको आकर्षण बढेको हो ।

पूर्वप्रधानमन्त्री ओलीले उक्त अवसरमा स्वदेशी ब्राण्डका जुत्ता चप्पललाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका थिए । ओलीले मेलामा रहेका सबै स्टलहरुको प्रत्यक्ष अवलोकन गर्दै सबै जुत्ता मन परेको प्रतिक्रिया दिएका थिए ।

मेलामा स्वदेशी उत्पादनका शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, हिमाल सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता छ ।

विशेष छुटसहित सस्तो मूल्यमा जुत्ता चप्पलको मेलामा पूर्व प्रधानमन्त्री पुगेसँगै मेलामा जुत्ता चप्पल खरिद गर्नेहरुको आकर्षण देखिएको आयोजकको भनाइ छ । १० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल बिक्री भइरहेको आयोजक सबिन कार्कीको भनाई छ । ‘आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पल खरिदको अवसर मिलेपछि अवलोकनकर्ता तथा खरिदकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘ पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीको आगमनपछि ग्राहकको आकर्षण अझै बढ्न थालेको छ ।’

छुटसँगै वारेन्टीको समेत व्यवस्था गरिएपछि ग्राहकहरु मेलाप्रति आकर्षित भएको आयोजक गंगा श्रेष्ठ बताउँछन् । ‘एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिलेको छ,’ उनले भने ।

मेलामा जुत्ता चप्पल खरिदमा ग्राहकले भारी छट प्राप्त गर्ने आयोजक गंगा श्रेष्ठले जानकारी दिए । ‘हामीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट प्रदान गरेका छौं,’ उनले भने, ‘सस्तो मूल्यमा आकर्षक र बलियो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले मेला धेरैको रोजाईमा पर्ने गरेको छ ।’ ग्राहकको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै समय समयमा मेला आयोजना भइरहेको उनको भनाइ छ ।

पछिल्लो समय स्वदेशी उत्पादनका जुत्ताचप्पल खरिदमा नेपाली उपभोत्ताहरुको आकर्षण बढिरहँदा यस्ता मेलाले थप महोल बनाउन थालेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *