आज सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
- फाल्गुन १, २०७९
- 0

नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।
सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ।
राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
हेर्नुस् सूचना
0 प्रतिक्रिया
रास्वपाले बझाङ, बाजुरा र दार्चुलामा ‘जनयात्रा’ कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनस्तरसम्म पहुँच विस्तार गर्ने उद्देश्यले बझाङ, बाजुरा र […]
जनमत र नाउपाबीच आज पार्टी एकीकरण हुँदै

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी […]
दुईवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति […]
प्रधानमन्त्रीले बोलाए सत्तारूढ दलको बैठक

सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]
मौसम पूर्वानुमान : यी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका […]