पेट्रोलियम पर्दाथमा मुल्यवृद्धि : पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढ्यो
- माघ २३, २०७९
- 0

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ७८ रूपैयाँ र डिजेल तथा मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।
हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ छ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।
0 प्रतिक्रिया
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

आज संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बुधबार डा.सि के राउतको अध्यक्षतामा बैठक बस्न लागेको हो । जनमत […]
बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरुको गुनासो

बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरु निकै गुनासो गर्न थालेका छन् । सरकारमा गएपछी मुख्यमन्त्री र मन्त्रीहरुले […]
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा अध्यक्षले प्रधानमन्त्री […]
आज पाचँवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक आज बस्दैछ । बुधबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार […]
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत […]