भृकुटीमण्डप ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु

news-details

फुटवेयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपाल (एफम्यान)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा रहेको ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु भएको छ । जाडो मौषम र विवाहको लगनलाई लक्षित गरी एसोसिएसनले मेला आयोजना गरेको हो ।

एशोसिएशनले आफ्नो बार्षिक क्यालेण्डर अनुसार दशैंपछि ठूलो जुत्ताचप्पलको मेला यो दोश्रोपटक आयोजना गरेको हो । व्यवसायीहरु आर्थिकमन्दीमा परिरहेको अवस्थामा केही आर्थिक चलायमान बनाउन र उपभोक्तालाई सीधै कम्पनीसम्म जोड्नका लागि मेला आयोजना गरिएको एशोसिएशनका अध्यक्ष नानिराज घिमिरेले जानकारी दिए ।

मेलामा नेपालका प्रख्यात १० वटा ब्राण्डका जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको जानकारी एशोसिएशनका पूर्वअध्यक्ष तथा मेला संयो होमनाथ उपाध्यायले जानकारी दिए ।

सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पलहरु खरिद गर्न सकिने बताइएको छ । न्यानो जुत्ता तथा विवाहको लगनलाई लक्षित गरी पार्टी सुजहरु सबै बर्गका लागि उपयुक्त हुने प्रकार मेलामा उपलब्ध रहेको संघका उपाध्यक्ष एवं रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए ।

मेलामा क्याजुअल सुज, लेडिज सुज, बेबी सुज, स्पोर्टस् सुज लगायतका जुत्ता चप्पल मेलामा उपलब्ध छन् । मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु एकै स्थानमा खरिद तथा अवलोकन गर्न सकिने भएकाले उपभोक्ताहरु आकर्षित बनेका छन् ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने मेलामा अन्य विविध आकर्षक अफरहरु राखिएको आयोजकको भनाई छ । मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम सुज, स्मार्ट सुज, स्टाइल सुज, सिलसुज लगायत ब्राण्डहरुको जुत्ता चप्पलको सहभागिता रहेको छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि यसरी लगाइएको मेलाले व्यवसायीलाई मात्र नभएर आम उपभोक्तालाई फाइदा नै पुग्नेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *