फुटवेयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपाल (एफम्यान)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा रहेको ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु भएको छ । जाडो मौषम र विवाहको लगनलाई लक्षित गरी एसोसिएसनले मेला आयोजना गरेको हो ।

एशोसिएशनले आफ्नो बार्षिक क्यालेण्डर अनुसार दशैंपछि ठूलो जुत्ताचप्पलको मेला यो दोश्रोपटक आयोजना गरेको हो । व्यवसायीहरु आर्थिकमन्दीमा परिरहेको अवस्थामा केही आर्थिक चलायमान बनाउन र उपभोक्तालाई सीधै कम्पनीसम्म जोड्नका लागि मेला आयोजना गरिएको एशोसिएशनका अध्यक्ष नानिराज घिमिरेले जानकारी दिए ।

भृकुटीमण्डप ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु

भृकुटीमण्डप ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु

मेलामा नेपालका प्रख्यात १० वटा ब्राण्डका जुत्ता चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको जानकारी एशोसिएशनका पूर्वअध्यक्ष तथा मेला संयो होमनाथ उपाध्यायले जानकारी दिए ।

भृकुटीमण्डप ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु

सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पलहरु खरिद गर्न सकिने बताइएको छ । न्यानो जुत्ता तथा विवाहको लगनलाई लक्षित गरी पार्टी सुजहरु सबै बर्गका लागि उपयुक्त हुने प्रकार मेलामा उपलब्ध रहेको संघका उपाध्यक्ष एवं रन सुजका प्रवन्ध निर्देशक रुद्र न्यौपाने जानकारी दिए ।

भृकुटीमण्डप ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु

मेलामा क्याजुअल सुज, लेडिज सुज, बेबी सुज, स्पोर्टस् सुज लगायतका जुत्ता चप्पल मेलामा उपलब्ध छन् । मेलामा ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पलहरु एकै स्थानमा खरिद तथा अवलोकन गर्न सकिने भएकाले उपभोक्ताहरु आकर्षित बनेका छन् ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने मेलामा अन्य विविध आकर्षक अफरहरु राखिएको आयोजकको भनाई छ । मेलामा स्वदेशी चर्चित ब्राण्डहरु बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम सुज, स्मार्ट सुज, स्टाइल सुज, सिलसुज लगायत ब्राण्डहरुको जुत्ता चप्पलको सहभागिता रहेको छ ।

भृकुटीमण्डप ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि यसरी लगाइएको मेलाले व्यवसायीलाई मात्र नभएर आम उपभोक्तालाई फाइदा नै पुग्नेछ ।

भृकुटीमण्डप ठूलोचौरमा ‘जाडोमा न्यानो जुत्ता चप्पल अफर मेला’ शुरु