मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो
- साउन ९, २०७९
- 0
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।
योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ ।
0 प्रतिक्रिया
ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न, उत्कृष्ट ३ फोटो पुरस्कृत
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। इप्पान र […]
नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् । शुक्रबार […]
निर्माण व्यवसायीले मन्त्री सिंहलाई बुझाए ज्ञापनपत्र
नेपाल निर्माण व्यवसायी महासंघले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार १४ बुँदे मागसहित […]
जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने
गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् । शुक्रबार बसेको […]
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]