आयो मौद्रिक नीति : १२ प्रतिशत कर्जा प्रवाहको लक्ष्य
- रोजगारमञ्च
- साउन ६, २०७९
- 0
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।
अर्थमन्त्रीले राजीनामा दिएपछि गर्भनर अधिकारीले नेपालको अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको अवस्थामा मौद्रिक नीति ल्याएका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिइएको सुविधा कटौती गर्ने घोषणा गरेको छ ।
कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जा उपलब्ध गराइने गर्भनर अधिकारीले बताएका छन् ।
त्यसैगरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताएका छन् ।
गत आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो । त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रिकरण घटाउने भएको छ ।
गभर्नर अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४÷१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोडमात्रै कायम गरिएको छ । अव यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रूपैयाँ सेयर कर्जा पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो ।
मौद्रिक नीतिको पूर्ण पाठ