नेपाल हिमालय सीमापार वाणिज्य संघद्धारा चिनका लागि नवनियुक्त राजदूतको बधाई तथा सम्मान
- असार २६, २०७९
- 0

नेपाल हिमालय सीमापार वाणिज्य संघले चिनका लागि नवनियुक्त महामहिम राजदूत बिष्णुपुकार श्रेष्ठलाई बधाई तथा सम्मान ज्ञापन गरेको छ । गत बिहिबार संघले आफ्नै कार्यालयमा औपचारिक कार्यक्रम गरी राजदूत श्रेष्ठलाई बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरुले चिनबाट सामान आयात गर्ने व्यवसायीहरुका विविध समस्याहरुलाई उजागर गर्दै राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
चिनमा उत्पादन भएका सामानहरुले नेपाली बजार धानिरहेको अवस्थामा कोभिडपछि चिनबाट सामान आयातमा कठिनाई उत्पन्न हुदा व्यापार व्यवसाय नै प्रभावित बन्न पुगेको छ । सीमा नाका सहज सुचारु नहुदा यसको असर र घाटा चिनले पनि व्योहोर्नुपर्ने बताउनुहुदै राजदूत श्रेष्ठले यसको सहजिकरणका लागि दुवै मुलुक लाग्नुपर्नेमा जोड दिए ।
चिनसँगको सीमा नाका सहज सुचारु गराउने, उच्च शिक्षा अध्ययनका लागि चिन जाने विद्यार्थीहरुलाई सहजिकरण गर्ने तथा द्धिदेशिय व्यापार–व्यवसायमा वृद्धि ल्याउने जस्ता काम प्राथमिकताका साथ गर्ने बताउनुहुदै राजदूत श्रेष्ठले यसका लागि आफुले सबैको सुझावको अपेक्षा गरेको पनि बताए ।
कार्यक्रममा संघका अध्यक्ष अशोककुमार श्रेष्ठले राजदूत श्रेष्ठलाई मायाको चिनो दिएर सम्मान गरेका थिए ।
0 प्रतिक्रिया
केयूका नवनियुक्त उपकुुलपति वाग्लेले लिए सपथ

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालय (केयू)का नवनियुक्त उपकुलपति प्राडा अच्युुतप्रसाद वाग्लेले आज(मंगलबार) पद तथा गोपनीयताको सपथ लिएका […]
सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान सुरु

चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान सुरु गरेको छ । सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]
सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए २५ करोड बराबरको विदेशी मुद्रासहित समातिएका लामा

काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको […]
प्रहरीभित्र सुधारको प्रारम्भ आफैबाट गर्छु भनेर अघि बढ्नुको विकल्प छैन : नवनियुक्त आईजीपी थापा

सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ । मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि […]
कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी […]