आइतबारदेखि भुक्तानी प्रणाली बन्द
- असार २४, २०७९
- 0

महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ ।
कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो ।
नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्नेछ । त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
नियमावलीअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकमको भुक्तानी भने बन्द गर्नुपर्नेछ ।
0 प्रतिक्रिया
नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका […]
सरकार र आवासीय चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगन

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ […]
बीमा बोर्डसहित विभिन्न अस्पतालमा एक हजार अस्थायी जनशक्ति थप्ने निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल […]
एनआरएनए एकता महाधिवेशनमा परराष्ट्रमन्त्री राणाको स्वार्थ, श्रेष्ठलाई अध्यक्ष बनाउन भित्रि सहमति

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ । परराष्ट्र मन्त्री डा. आरजु […]
सरकारका नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास […]