अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला
- असार २४, २०७९
- 0

अपर हेवाखोला हाइड्रोपावरले आज कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।
यस मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त सेयरमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
0 प्रतिक्रिया
कक्षा १२ को परीक्षा आजदेखि सुरु, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस लैजान निषेध

आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । परीक्षा […]
एकैदिन चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आइतबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी […]
एमाले सचिवालय बैठक बस्दै

सत्तारुढ नेकपा (एमाले)को सचिवालय आज बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्न लागेको हो । […]
आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । […]
नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका […]