भरतपुर विमानस्थलको टावरनजिकै आगलागी
- असार १२, २०७९
- 0
चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।
आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।
उनका अनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो।
बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ।
आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको अधिकारीले बताए।
-रासस
0 प्रतिक्रिया
नक्साल क्षेत्र पर्यटकीय गन्तब्य बोकेको क्षेत्र हो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा […]
टिपर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति ११ बजे स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री सडकमा […]
आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह
नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती […]
ललितपुरका यी स्थानमा आज विद्युत काटिने
मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत […]
आजदेखि यू–१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै
आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशको सहभागिता […]