स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता : अर्थमन्त्री शर्मा

news-details

अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा स्वदेशी उत्पादन र उद्योगलाई प्राथमिकता दिइएको बताएका छन । अर्थ मन्त्रालयद्वारा सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताए ।

उद्योगमा निजी क्षेत्रको ७० प्रतिशतभन्दा बढी योगदान रहेको उनले बताए । अर्थमन्त्री शर्माले निजी क्षेत्रको उत्पादनलाई उत्साहित गर्नेगरी विभिन्न कार्यक्रम ल्याइएको जानकारी दिए । सिमेन्ट उद्योग र यसको निकासीको सम्भावना रहेकाले यसका लागि नगद, अनुदानको व्यवस्था गरिएको उनले बताए ।

“वार्षिक रोजगारी सिर्जना होस् भन्ने उद्देश्यमा केन्द्रीत छौं, अर्कोतिरबाट स–साना उद्यमहरु सञ्चालन गर्ने कुराले रोजगारी सिर्जना गर्न सक्छ” उनले भने । पाँच खर्बको लघुवित्त कोष बनाइने र किसान र नयाँ पेशा, व्यवसायका लागि घरदैलोमा ऋण उपलब्ध गराइने उनले स्पष्ट पारे । वित्तिय पहुँच सँगसँगै लघु बिमा र लघु वित्तलाई प्राथमिकता दिइने उनको भनाई छ ।

अर्थमन्त्री शर्माले पूर्वाधार निर्माणको काम सरकारले मात्र गर्न नसक्ने र यसका लागि निजी क्षेत्रलगायत सरोकरावाला सबैसँगको सहकार्य हुने बताए । “जस्तै द्रूत मार्गको कुरा छ, सपना नै सही तर यथार्थमा निजगढमा एयरपोर्ट आवश्यकता त हो”, उनले भने, “छोटो समयमा सगरमाथा हेर्ने धेरैको इच्छा होला, यसका लागि आवश्यक पूर्वाधार निर्माण एवम् पर्यावरण विकासले अर्थतन्त्रको विकासमा टेवा पुग्छ ।”

स्वदेशी उद्योग प्राथमिकतामा

देशमा उत्पादन हुने वस्तु स्वदेशमै उत्पादन र उपभोग गर्ने कार्यक्रम बजेटको प्राथमिकतामा परेको उनको भनाई छ । सरकारले पनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने भन्ददै अर्थ मन्त्रालयमा आउने सेनिटाइजर, बिस्कुट, मासु सबै स्वेदशी उत्पादन नै हुनुपर्ने उनले बताए ।

“सरकारमा बस्ने हामीले प्रतिबद्धता कहिले गर्ने ? धागो, कपडा, कारखाना, बिजुलीलाई उत्साहित गर्न खोजिएको उनले बताए । बजेटमार्फत रबर उद्योग, तरकारीजस्ता स–साना घरेलु तथा साना स्वदेशी उद्योगलाई पनि प्रोत्साहन गर्नेगरी कार्यक्रम आएको उनले बताए ।

सारमा अर्थतन्त्रको स्थिरता, वित्तिय क्षेत्रको परिचालन प्राथमिकतामा रहेको उनको भनाई छ । कृषि तथा अन्य उद्योग फर्म पनि ५० वर्षको हुनुपर्ने उनले बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *