आइएमइको ‘हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ’ योजना सार्वजनिक

news-details

रेमिट्यान्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहेका सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत रकम पठाउनेलाई हरेक हप्ता ५ जना विजेता घोषणा गरी एक महिनामा योजना अवधिभर २० जना विजेताहरुलाई ’स्मार्ट वाच’ र बम्परमा १ भाग्यशाली विजेताले स्यामसङको S22 मोबाइल प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो योजनामा सहभागी हुनेले आइएमईमार्फत रकम पठाएर नेपालभर छरिएका एजेन्ट÷सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा उपलब्ध गराइने आइएमईले जनाएको छ ।

यो योजनामा सहभागी भएका सेवाग्राहीहरु मध्ये २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने बताइएको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।

यो योजना जेठ १५ जेठदेखि १५ असारसम्म ३० दिनका लागि कायम रहनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *