गभर्नर अधिकारीको रिटको सुनुवाइ आज
- बैशाख १५, २०७९
- 0

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ। गत मंगलबार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो।
न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भएपनि समय अभावका कारण बिहिबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
गत वर्षको चैत्र २५ गते बसेको मन्त्रीपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्बन परेका थिए।
न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए।
0 प्रतिक्रिया
एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र, आदेश कार्यान्वयन गर्न अल्टिमेटम

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले चेतावनीयुक्त पत्र पठाएको छ । हाल डा.बद्री केसी नेतृत्वको एनआरएनएले […]
पूर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय […]
‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् । मंगलबार २७ औं […]
युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा […]
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठकसम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]