ग्याससहित पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बृद्धि
- चैत्र २३, २०७८
- 0

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।
निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो।
0 प्रतिक्रिया
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, सच्याउनुहोला : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन् । […]
सार्वजनिक सूचनामा नागरिकको पहुँच नभए लोकतन्त्र संस्थागत हुँदैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता […]
प्रिशा मृत्यु प्रकरण : भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन रूलिङ

भारतको उडिसास्थित केआईआईटी कलेजमा नेपाली छात्र प्रिशा साहको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनका लागि भारतसँग संवाद अगाडि बढाउन सभामुख देवराज घिमिरेले […]
सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना, प्रहरीले थाल्यो अनुसन्धान

दिपेश पौडेल / रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ […]
शेष घले भन्छन् : ‘विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक तथा संघका पूर्वअध्यक्ष डा. शेष घलेले संस्थाभित्र सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र […]