इलाममा दुई हजार किलो छुर्पी बरामद
- चैत्र ९, २०७८
- 0

इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।
प्रदेश १–०१–००१ च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।
जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
-रासस
0 प्रतिक्रिया
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ […]
स्वास्थ्य बीमा व्यवस्थित गर्न मन्त्री पौडेलले देखाए यस्ता विकल्प

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने […]
तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किए, सात दिनभित्र रोजगार सम्झौतापत्र दिइने

रोजगारदाता कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान पालना नगरेको भन्दै आन्दोलित बनेका तामाकोशी पाँचौंका श्रमिकहरू […]
राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न २९४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा, विद्यार्थी, […]
संविधान अनुसार एक्लै बहुमत ल्याउन कठिन भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ : देउवा

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए […]