इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

news-details

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रा.लीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

अब संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १०,००० बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५००० बढी एजेन्टसंगै प्रभु म्यानेजमेन्टसंग आवद्ध नेपालभरी रहेका ७,००० बढी सहकारी संस्थाहरुबाट समेत रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ ।

यसका साथै प्रभु म्यानेजमेन्टसंग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिनेछ ।

सम्झौताबारे आफ्नो मन्तव्य व्यक्त गर्दै ईसेवा मनी ट्रान्सफरका सिइओ अजेस कोइरालाले भने,’प्रभु म्यानेजमेन्टसंग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जालमार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं र यसले ईसेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *