पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ ले वृद्धि
- फाल्गुन १९, २०७८
- 0

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३३ पुगेको छ ।
यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ ।
निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
0 प्रतिक्रिया
बेपत्ता गाडि अझै भेटिएन, भूगर्भविद्को टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्। गत […]
भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुवै देशले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू […]
शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते, टाउको र निधारमा चोट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । उनी खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर […]
आज बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको […]
आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे […]