महालक्ष्मी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच सम्झौता

news-details

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इजीलिंक रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरुमार्फत सेवा प्राप्त गर्न सकिने बताइएको छ ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजीलिंक रेमिट्यान्समार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने छन् । बैंकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

साथै रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना पनि बैंकले सञ्चालनमा ल्याएको छ । हाल यो योजनाअन्तर्गत ११.२५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने बैंकले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *