रेस्टुरेन्ट एन्ड बार एशोसिएसनद्धारा ‘पोखरा सडक महोत्सब’को आयोजना
- पुस १२, २०७८
- 0
रेस्टुरेन्ट एन्ड बार एशोसिएसन नेपालले २३ औं पोखरा सडक महोत्सव गर्ने भएको छ ।
कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै नौ महिनासम्म थलिएको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो महोत्सव आयोजना गर्न लागेको महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए ।
एशोसिएसनले पत्रकार सम्मेलनमार्फत कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिदै, ‘पोखरा खुल्लै छ’ भन्ने सकारात्मक सुचना प्रवाह गरि पर्यटन प्रबद्र्धनका साथै पोखरालाई ‘‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’’ को रुपमा प्रर्बद्धन गर्ने उद्देश्यले पौष १५ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रमा यो महोत्सब आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम तथा मौलिक भेषभुसा प्रदर्शनमार्फत मनोरञ्जन प्रदान गरिने आयोजक समितिले जनाएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस, वेटर रेस, हुइल चेयर रेस, भलिबल प्रतियोगिता, टग अफ वार जस्ता आकर्षक कार्यक्रमसहित महोत्सवलाई भव्य बनाइने संयोजक भट्टराईले बताए ।
उक्त महोत्सवले ढलेको पर्यटन व्यवसाय र सुस्ताएको पर्यटन व्यवसायीलाई झक्झक्याएर केहि हदसम्म गति दिने र उत्साह थप्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएको आयोजकको भनाई छ ।