अब आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाइने
- मंसिर १०, २०७८
- 0

शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ को सेवाग्राही केन्द्रीत २० प्रतिशत क्यास ब्याक योजना मङ्सिर १० गतेदेखि सार्वजनिक भएको हो ।
यस योजना अन्तर्गत आईएमई पे सेवाग्राहीहरूले नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक अफर पाउनेछन् । उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासब्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली व्यक्त गरेका छन् ।
उक्त अफरमा आईएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यास ब्याक हुनेछ ।
0 प्रतिक्रिया
सरकारको निर्णयविरूद्व कुलमान सर्वोच्चमा, पुरानो मुद्दा टुंग्याइदिन भन्दै हितेन्द्रदेवद्वारा पनि रिट दायर

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयलाई चुनौती दिन सर्वोच्च अदालत पुगेका छन् । सरकारले पदबाट बर्खास्त […]
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित […]
भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रूपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन […]
गंगालाल अस्पतालमा विपन्न बालबालिकाको निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क […]
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, अहिलेसम्म १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उ इटहरी उपमहानगरपालिका–६ स्थित […]