दक्षिण कोरियाको ‘सोजु’ अव नेपालमा नै उत्पादन हुने

एनआरएन विनोद कुँवरको पहलमा नेपालमा ‘सोजु’ आउँदै
news-details

दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन हुने भएको छ ।

श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपाल र पी प्लस दक्षिण कोरियाको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको हो ।
बाँके जिल्लाको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टीलरीमा निकट भविष्यमा कोरियन मापदण्डको मदिरा सोजु उत्पादन गरी नेपालभर बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।

नेपाली अग्रज उद्योगी रविन्द्रमान श्रेष्ठ, सफल ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवर र दक्षिण कोरियाका वरिष्ठ केमिष्ट लिम क्योङ्गटेकको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल हो ।

‘दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय मदिराजन्य पेय पदार्थ सोजु त्यहाँका राष्ट्रपतिदेखि सामान्य कामदार सबै तह र तप्काका कोरियनहरुले सेवन गर्ने गर्दछन्’ दक्षिण कोरियामा विभिन्न व्यवसाय गर्दै आएका एनआरएन कुँवरले भने–‘ सोजुको लोकप्रियता नेपालमा पनि क्रमिक रुपमा बढ्दै गएकाले यही उत्पादन गरेर सस्तो मुल्यमा उपलब्ध गराउने हाम्रो पहल हो ।’

अहिले पनि नेपालमा दक्षिण कोरियाबाट सोजु आयात गरी बिक्री वितरण हुँदै आएको छ ।

‘निकट भविष्यमै हामीले सोजु नेपालमा उत्पादनगरी बजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा विदेश नजाने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुनेछ ’ कुँवरले जानकारी दिए ।

नेपालमा सोजुको उत्पादनका लागि पूर्व तयारी पूर्णरुपमै कोरियामा गरिएको छ । एनआरएनएका अगुवा समेत रहेका कुँवरले भने–‘नेपाली उपभोक्ताको चाहना अनुरुप हामीले उपभोक्ताहरुमाझ आवश्यक स्वाद र अन्य परिक्षणहरु पनि गरिसकेका छौं ।’

नेपाली उपभोक्तामाझ गरिएको सर्वेक्षणमा उत्पादन गरिएको सोजुको स्याम्पल नतिजा उत्कृष्ट भएको र छिट्टै नेपाली बजारमा ल्याउने प्रतिज्ञा रहेको कुँवरको भनाई छ ।

दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन र स्वदेशमा नै रोजगार सृजना गर्नका लागि निरन्तर सक्रिय कुँवरले कोरियाको ठूलो कम्पनी लोट्टे ग्रुपलाई स्वदेशमा ल्याउनका लागि पनि सम्झौता गरिसकेका छन् ।

कोरियाको प्रख्यात चाउचाउ सिनलाम्यानलाई नेपाल भित्र्याएर बिक्रिबितरण गरिरहेका कुँवरले आगामी दिनमा स्वदेशमा नै उक्त चाउचाउ उत्पादन गर्ने योजना बनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *