६ अर्ब १० करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक
- कार्तिक २२, २०७८
- 0

नेपाल राष्ट्र बैंकले रु छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको ६ अर्ब गरी कूल छ अर्ब १० करोडको टेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिने टेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने टेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले रु एक अर्ब ६६ करोडको टेजरी बिक्री गरेको थियो।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ।
0 प्रतिक्रिया
सरकारको निर्णयविरूद्व कुलमान सर्वोच्चमा, पुरानो मुद्दा टुंग्याइदिन भन्दै हितेन्द्रदेवद्वारा पनि रिट दायर

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयलाई चुनौती दिन सर्वोच्च अदालत पुगेका छन् । सरकारले पदबाट बर्खास्त […]
प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित […]
भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रूपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय

सत्तारुढ दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन […]
गंगालाल अस्पतालमा विपन्न बालबालिकाको निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क […]
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, अहिलेसम्म १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उ इटहरी उपमहानगरपालिका–६ स्थित […]