सिद्धार्थ बैँकद्धारा जोन्टा क्लब अफ काठमाडौँलाई सहयोग प्रदान
- अशोज ७, २०७८
- 0

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई नगद सहयोग प्रदान गरेको छ ।
उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ ।
सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेँलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई रु ४,९७,२०० को चेक हस्तान्तरण गरेका हुन ।
जोन्टा क्लब अफ काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसंग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइनसंग पनि सहकार्य गरेको छ ।
सन् २००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिंग र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरु मध्यको एक हो । बैंकको देश भरीमा १८० वटा भन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौं मा अवस्थित रहेको छ ।