यसपालिको दशैँ तिहार, अलफरदान एक्सचेन्ज र जिएमईले ल्यायो खुसीको बहार

news-details

नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावलीको अवसर पारेर युएईको अलफरदान एक्सचेन्ज र जिएमई रेमिट प्रा.लि.ले ‘दशैँ तिहार बम्पर धमाका’ योजना सार्वजनिक गरेको छ ।

युएईमा रहेका नेपालीहरुले अलफरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली बिजेता बन्ने अवसर प्राप्त गर्ने जिएमईले जनाएको छ ।

यही असोज ६ गतेदेखि कात्तिक ४ गतेसम्म लागू हुने यस योजना अन्तर्गत १ जना भाग्यशाली बिजेताले मेगा पुरस्कार वापत रु ५ लाख नगद उपहार तथा हरेक हप्ता भाग्यशाली बिजेताहरुले विभिन्न आकर्षक उपहारहरु र विद्युतिय सामाग्रीहरु प्राप्त गर्न सक्ने जिएमईले जानकारी दिएको छ ।

नेपालमा जिएमइ रेमिटसँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट अलफरदान एक्सचेन्ज मार्फत पठाएको रकम सजिलै भुक्तानी लिन सकिने र सहि समयमा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेको जिएमईले जनाएको छ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

जि.एम.इ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *