सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट (पूर्णपाठसहित)

खोप किन्न ५ अर्ब, विपन्न परिवारलाई १० हजार अनुदान र गम्भिर प्रकृतिका बिरामीलाई मासिक ५ हजार भत्ता
news-details

सरकारले बजेट अध्यादेशमार्फत ल्याइएको बजेट परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट ल्याएको छ ।

यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले संशोधित बजेट सदनमा पेश गरेका हुन ।

संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यसअघिको सरकारले व्यवस्था गरेको बैठक र भ्रमण भत्ता कटौती गरेर कोरोना खोपलाई ५ अर्ब छुट्याइएको जानकारी दिएका छन ।

यता कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने भएको छ ।

यस्तै सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार तथा क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *