बाढी पीडितलाई ग्लोबल आइएमई बैंकद्वारा राहत वितरण
- भदौ १५, २०७८
- 0

ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको हो ।
बैंकले विपतबाट प्रभावित नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्रीहरु वितरण गरिएको जनाएको छ ।
0 प्रतिक्रिया
सतुङ्गलस्थित आरआर कम्प्लेक्समा आगलागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान […]
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ […]
तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]