विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आजै पदवहाली गर्ने
- साउन २७, २०७८
- 0

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आजै पदवहाली गर्ने भएका छन ।
मन्त्रीपरिषद बैठकबाट कार्यकारी निर्देशकमा पुन : नियुक्त भएका घिसिङले प्रधानमन्त्री कार्यालयबाट नियुक्तिको पत्र आएपछि आजै पदवहाली गर्ने बताइएको छ ।
यस अघि सो पदमा हितेन्द्रदेव शाक्य कार्यरत थिए । उनलाई सरकारले जल तथा ऊर्जा आयोगमा पठाई कुलमानलाई सो पदमा नियुक्त गरेको हो ।
२०७७ साल भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अघिल्लो ४ बर्षे कार्यकालमा देशलाई लोडसेडिङमुक्त र प्राधिकरणलाई नाफामा लगेपछि घिसिङ चर्चामा आएका थिए ।
0 प्रतिक्रिया
पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको […]
श्रम मन्त्री र एनआरएनए मलेसिया भेटवार्ता : सिण्डिकेट कुनै हालतमा मान्य नहुने मन्त्री भण्डारीको अडान

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई गैरआवासीय नेपाली संघ मलेसियाले नेपाली कामदारले मलेसियामा भोगिरहेको समस्या र सरकारले चाल्नु पर्ने […]
सान स्मृति सेवा समाजद्धारा देवघाटको बृद्धाश्रममा सहयोग

सान (सावित्रा नन्दलाल) स्मृति सेवा समाज भक्तपुरले चितवनको देवघाट पुगेर देबघाट समाज कल्याण केन्द्र बृद्धा आश्रममा नगद तथा जिन्सि सहयोग […]
गभर्नर मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा […]
एनआरएनए कन्क्लेभमा श्रम आप्रवासन र सामाजिक सुरक्षाको चर्चा

सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार बनाउनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) फोरममा सरोकारवालाले चर्चा गरेका छन् । वैदेशिक रोजगारका […]