माथिल्लो तामाकोसीको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु
- साउन १०, २०७८
- 0

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ ।
असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबार रातिदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा टर्वाइन जोडिएका छन् । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल भएपछि तेस्रो युनिट पनि सञ्चालनमा ल्याइएको माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट २२८ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । साउनभित्रै चौथो युनिट पनि सञ्चालन गर्ने र भदौभरमा बाँकी दुई युनिट पनि सञ्चालन गरी अयोजना पूर्ण क्षमतामा चलाउने योजना बनाइएको छ । साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ ।
विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । परीक्षणका लागि प्राविधिकहरूले काम गरिरहेको र क्रमिक रूपमा टर्वाइनहरू परीक्षण गर्दै जाने उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार सबै परीक्षण सकेर व्यावसायिक उत्पादनमा जाने मिति पनि तय भएको छ । पहिलो चार युनिटबाट यसै महिना ३०४ मेगावाट विद्युत्को व्यावसायिक उत्पादन हुनेछ भने बाँकी दुईसमेत गरी सबै युनिटबाट व्यावसायिक उत्पादन गर्न अर्को एक महिना लाग्नेछ ।
यसअनुसार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट असोजको मध्यदेखि पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने योजना लिमिटेडको छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीद्धारा शिक्षकका मागबारे मन्त्री र सचिवहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री […]
राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन शान्तिपूर्ण हुन्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । सोमबार पार्टीका कार्यलय धुम्बाराहीमा बसेको […]
हर्क साम्पाङलाई प्रधानमन्त्रीले भने- ‘धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको […]
बढ्दो वायु प्रदूषण बारे विज्ञहरुको चिन्ता : विगतका कार्ययोजना कार्यान्वयनमा जोड

वातावरणविद् एवम सरोकारवालाहरुले नेपालमा बढिरहेको वायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । सोमबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले […]
वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवनको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । श्रम रोजगार तथा सामाजिक […]