खोप खरिदका लागि एशियाली विकास बैंकद्धारा १९ अर्ब ८० करोड ऋण स्वीकृत
- साउन ७, २०७८
- 0

एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ ।
बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।
जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
-रासस
0 प्रतिक्रिया
विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति […]
‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो […]
हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे विदाई

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता […]
माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ आजदेखि

नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुरू गर्दैछ । सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको […]
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू

साउदी अरेबियास्थित नेपाली राजदूतावासले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल थालेको छ । रोजगारदाता […]