अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा
- साउन ४, २०७८
- 0

खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ ।
मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।
यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।
नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अझै फराकिलो बनाउदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ आजदेखि

नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुरू गर्दैछ । सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको […]
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू

साउदी अरेबियास्थित नेपाली राजदूतावासले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल थालेको छ । रोजगारदाता […]
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । शुक्रबार सिंहदरबारमा बिहान ८ बजे बैठक बस्न […]
आजदेखि ‘सगरमाथा संवाद’ सुरु, १७५ विदेशी पाहुना काठमाडौंमा

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलोपटक आयोजना गरेको […]
प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले […]