निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न महासंघको आग्रह
- असार ३१, २०७८
- 0

उद्योग व्यवसायीहरुले कोभिडविरुद्धको खोपमा नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।
बिहिबार नीजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना तथा बधाई दिन गएका व्यवसायीले कोभिड महामारीको समयमा खाद्यान्न लगायत अत्यावश्यकिय वस्तु आपुर्तिमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिड विरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिनुभयो ।
व्यवसायीहरुले विहिबार सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटी सफल कार्यकालको शुभकामना दिदै वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए ।
0 प्रतिक्रिया
गृहमन्त्रीले लिए घाइते रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे […]
सरकारले सुशानमा कुनै सम्झौता गर्दैन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशानमा कुनै सम्झौता नगर्ने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शको ७४ औँ […]
संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित […]
संघ निर्वाचन : प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ र नरेन्द्र ढकालबीच रोचक प्रतिष्पर्धा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि प्रथम उपाध्यक्ष पदका […]
मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुनेगरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण […]